काठमाडौं। काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २ खर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत ३ महिनाका लागि उठाउन लागेको हो।
यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। मंगलबार अपराह्न २ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकले साँवा तथा ब्याज फागुन ५ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ५ खर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।