काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय सम्मानबाट सम्मानित गरिएको छ।
आज कर दिवसको अवसरमा आयोजित कार्यक्रममा भाटभटेनी सुपरमार्केटलाई प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय सम्मान प्रदान गरिएको हो।
जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर संचालित धेरै आउटलेटहरुमा आगजनी र लुटपात भएको थियो। यद्यपि, भाटभटेनीले छोटो समयमा नै अधिकांश आउटलेटहरु पूर्नर्निर्माण गरेर संचालनमा ल्याइसकेको छ।
यही दृढ अठोटको सम्मानमा भाटभटेनीलाई आज सम्मान प्रदान गरिएको हो।
जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको टंगालको भाटभटेनी आउटलेट आजदेखि नै २४ घण्टा संचालन हुँदैछ। यसअघि भक्तपुरको भाटभटेनीले २४ घण्टा सेवा सुरु गरिसकेको छ।