BIZMANDU
www.bizmandu.com

जलविद्युत कम्पनीको नाफा ३६.८८% ले वृद्धि, तीन महिनामा कमाए ८.४७ अर्ब, कुनले कति?

२०८३ मंसिर १

जलविद्युत कम्पनीको नाफा ३६.८८% ले वृद्धि, तीन महिनामा कमाए ८.४७ अर्ब, कुनले कति?
जलविद्युत कम्पनीको नाफा ३६.८८% ले वृद्धि, तीन महिनामा कमाए ८.४७ अर्ब, कुनले कति?

काठमाडौं। विद्युत उत्पादन बढ्दा र लागत घट्दा जलविद्युत कम्पनीको नाफा बढेको छ। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा जलविद्युत कम्पनीले नाफा ३६.८८ प्रतिशतले बढाएका छन्।

GBIME
Tata

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११२ वटा हाइड्रोपावरमध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०९ कम्पनीले साउनदेखि असोजसम्म ८ अर्ब ४७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका हुन्। ती कम्पनीले पोहोर पहिलो त्रैमासमा ६ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका थिए।

आर्थिक वर्षको पहिलो त्रैमास वर्षातको समय भएकाले जलविद्युत कम्पनीका लागि सिजन मानिन्छ। सुक्खायाममा नदीमा पानीको बहाव घट्ने भएका कारण विद्युत उत्पादन एक तिहाइमा झर्ने गरेको छ। पहिलो त्रैमासमा विद्युत पूर्ण क्षमतामा उत्पादन भएकाले आम्दानी बढेको ऊर्जा उत्पादकहरु बताउँछन्।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीले विद्युत उत्पादनको सिजन भएकाले र खपत पनि बढेका कारण हाइड्रोपावरको नाफा वृद्धि भएको बताए।

‘पहिलो त्रैमास विद्युत उत्पादनको हिसाबले हाइड्रो प्रोजेक्टका लागि सिजन हो। यस पटक भदौमा भोटेकोशीमा आएको बाढीका कारण करिब एक दर्जन आयोजनाको उत्पादन बन्द हुँदा बाँकी पूर्ण क्षमतामा सञ्चालनमा आए। उत्पादन भएको सबै विद्युत खपत भयो,’ उनले बिजमाण्डूसँग भने, ‘विद्युत खेर नगएपछि र आयोजना फुल फेजमा चलेपछि ब्यालेन्ससिटमा राम्रो सुधार देखिएको हो।’

भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण एक दर्जन आयोजनाको उत्पादन बन्द छ। ती आयोजना सञ्चालनमा आउने टुंगो छैन।

सार्वजनिक वित्तीय विवरण अनुसार ९७ वटा हाइड्रोपावर कम्पनी नाफामा छन्। १२ वटा भने नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ। पोहोर पहिलो त्रैमासमा ९३ कम्पनी नाफामा थिए।

६४ कम्पनीले नाफा बढाएका छन्। नाफा एपोलो हाइड्रोपावरले सबैभन्दा धेरै १ लाखबाट वृद्धि गरेर १ करोड ५४ लाख रुपैयाँ कमाएको छ। अपर तामाकोशीले सबैभन्दा धेरै १ अर्ब ६५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको नाफा पोहोरको तुलनामा १.१२ प्रतिशतले घटेको छ।

रसुवागढी हाइड्रोपावर सबैभन्दा धेरै ४१ करोड ४६ लाख रुपैयाँ नोक्सानीमा गएको छ। भोटेकोशी बाढीका कारण आयोजन भदौ १० देखि बन्द छ। यो आयोजना पोहोर पनि बाढीको शिकार भएको थियो।

विद्युत उत्पादन वृद्धि भइ आम्दानी बढ्दा हाइड्रोपावरको लागत भने घटेको छ। जसको प्रभाव ब्यालेन्स सिटमा देखिएको छ। बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर सस्तो भएर लागत घटेपछि जलविद्युत कम्पनीको नाफा बढेको हो।

नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीको दुई आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण

कम्पनी२०८३/८४ साउन-असोजको
नाफा (रु लाखमा)
२०८२/८३ साउन-असोजको
नाफा (रु लाखमा)
फरक %
अपर तामाकोशी१६५५९१६७४६-१.१२
सोलु हाइड्रोपावर७४२१––
साहस ऊर्जा५९९१४९४८२१.०८
सानिमा माई हाइड्रोपावर५३०८२०१२१६३.८२
सानिमा मिडल तमोर हाइड्रोपावर४२९६२१००१०४.५७
ग्रिन भेन्चर्स३३६७३०२४११.३४
माउन्टेन इनर्जी नेपाल२९२६४२३४-३०.८९
अपी पावर कम्पनी२४५४२४५८-०.१६
पिपुल्स हाइड्रोपावर कम्पनी२४१३६५३६१२.३१
सानिगाड हाइड्रोपावर२२८८१५९६४३.३६
माण्डू हाइड्रोपावर२१७०५०२३३२.२७
मध्य भोटेकोशी जलविद्युत कम्पनी१९६११६४१०९५.७३
सुपर मार्दी हाइड्रोपावर१७४४१११८५५.९९
बलेफी हाइड्रोपावर१४५७१२४४१७.१२
सिंगटी हाइड्रो इनर्जी१३९८११२२२४.६
स्वेत गंगा हाइड्रोपावर१३६२९७२४०.१२
अपर सोलु हाइड्रोइलेक्ट्रिसिटी कम्पनी१३२९१,१६४१४.१८
हिमालयन पावर पार्टनर१३२८६२६११२.१४
माउन्टेन हाइड्रो नेपाल१११६८४९३१.४५
माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी१११३-६८–
बेनी हाइड्रोपावर प्रोजेक्ट११०६११५३-४.०८
हिमालयन ऊर्जा विकास कम्पनी१०९०६६२६४.६५
विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट८९४८५७४.३२
लिबर्टी इनर्जी कम्पनी८४०-१६३–
बुटवल पावर कम्पनी८२२८४८-३.०७
पाँचथर पावर कम्पनी७९५५१५५४.३७
सिक्लेस हाइड्रोपावर६८२८७६-२२.१५
कालंगा हाइड्रोपावर६७३३८४७५.२६
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट६६२३८९७०.१८
मकर जितुमाया सुरी हाइड्रोपावर६४०२८०१२८.५७
माया खोला हाइड्रोपावर६३८२८४१२४.६५
तेह्रथुम पावर६३७५६२१३.३५
आँखु खोला जलविद्युत कम्पनी६३५२८९११९.७२
सुपर खुदी६३३५१४२३.१५
अपर हेवाखोला हाइड्रोपावर५८४५१८१२.७४
मिड सोलु हाइड्रोपावर५७४४१८३७.३२
युनिभर्सल पावर कम्पनी५६३३१५७८.७३
स्नो रिभर्स५२५२६८९५.९
सान्भी इनर्जी५०८३८१३३.३३
बुंगल हाइड्रो४८३२९०६६.५५
कालिका पावर कम्पनी४६०४५३१.५५
समलिङ पावर कम्पनी४३४२१७१००
रिभर फल्स पावर४३०३१४३६.९४
मैलुङ हाइड्रोपावर४२४४०८३.९२
रिज लाइन इनर्जी४१०३०२३५.७६
हिमालयन हाइड्रोपावर३९४३६३८.५४
टक्सार पिर्खुवा खोला हाइड्रोपावर३९०२५९५०.५८
दोर्दी खोला जलविद्युत३७६८९३२२.४७
खानीखोला हाइड्रोपावर३६५-१८९–
एसियन हाइड्रोपावर३३८१४७१२९.९३
सुपरमाई हाइड्रोपावर३३१३७७-१२.२
युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर३१३२६५१८.११
रुरु जलविद्युत परियोजना३०४३२९-७.६
अरुण भ्याली हाइड्रोपावर२९७४५३-३४.४४
चिर्खुवा हाइड्रोपावर२८९१७५६५.१४
शिवश्री हाइड्रोपावर२८८-३–
शिखर पावर डेभलपमेन्ट२७७-२३७–
पञ्चकन्या माई हाइड्रोपावर२६८३६६-२६.७८
ङादी ग्रुप पावर२६३२१७२१.२
मन्दाकिनी हाइड्रोपावर२६१२४३७.४१
छ्याङ्दी हाइड्रोपावर२५९१९२३४.९
राधी विद्युत कम्पनी२५९२७८५-९०.७
दोल्ती पावर कम्पनी२५७१९०३५.२६
भगवती हाइड्रोपावर२४५१६०५३.१३
नेपाल हाइड्रो डेभलपर्स२२७२१६५.०९
वरुण हाइड्रोपावर२२६१८९१९.५८
युनाइटेड मोदी हाइड्रोपावर२२४१९११७.२८
इस्टर्न हाइड्रोपावर२०९१८३१४.२१
अरुण काबेली पावर२०१५८०-६५.३४
याम्बलिङ हाइड्रोपावर१९११९००.५३
नेसनल हाइड्रोपावर१९०१०६७९.२५
मनकामना इन्जिनियरिङ हाइड्रोपावर१७९१६६७.८३
भूगोल इनर्जी डेभलपमेन्ट१६६१०३६१.१७
सगरमाथा जलविद्युत कम्पनी१५७३०६-४८.६९
मोदी इनर्जी१५७-४११–
एपोलो हाइड्रोपावर१५४११५३००
रवा इनर्जी डेभलपमेन्ट१५०१३४११.९४
दिव्यश्वरी हाइड्रोपावर१४५१०८३४.२६
माबिलुङ इनर्जी१४३-१६–
पिपुल्स पावर१३११२६३.९७
भिजन लुम्बिनी ऊर्जा कम्पनी११६-९४६-११२.२६
युनियन हाइड्रोपावर१०९१४६-२५.३४
विकास हाइड्रोपावर१०५१७७-४०.६८
चिलिमे हाइड्रोपावर९१२०५८-९५.५८
ग्रिन लाइफ८२१०८-२४.०७
मेन्छियम हाइड्रोपावर८२१३९-४१.०१
ईङ्वा हाइड्रोपावर७५५६३३.९३
बाराही हाइड्रोपावर६४५९८.४७
अपर लोहोरे खोला हाइड्रोपावर६४-३०–
थ्री स्टार हाइड्रोपावर५३१६५-६७.८८
उपर स्याङ्गे हाइड्रोपावर५२९४७७.७८
कुथेली बुखरी स्मल हाइड्रोपावर४४२५७६
कालिञ्चोक हाइड्रोपावर४२१४१००
माई खोला हाइड्रोपावर३१५४-४२.५९
रिडि पावर कम्पनी२७५९-५४.२४
शुभम पावर१७१००-८३
घलेम्दी हाइड्रोपावर२-१६८–
दरम खोला हाइड्रो इनर्जी-३६––
राप्ती हाइड्रो-४८-१२७–
मैलुङ खोला जलविद्युत कम्पनी-१९१९६–
बुद्धभूमि नेपाल हाइड्रोपावर-२०२८७–
सिनर्जी पावर डेभलपमेन्ट-२३०३८९–
हिम स्टार ऊर्जा कम्पनी-२८९५–
हिमाल दोलखा हाइड्रोपावर कम्पनी-३५३१६२–
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिसिटी-५०६७०–
सान्जेन जलविद्युत कम्पनी-७७११५२८–
त्रिशुली जलविद्युत कम्पनी-११५२-२७५–
ङादी हाइड्रोपावर-११५८-७६–
रसुवागढी हाइड्रोपावर-४१५६-६५३३–
कुल८४७३१६१९०१३६.८८
स्रोत : कम्पनीको ब्यालेन्स सिट

हाइड्रोपावर निर्माणका क्रममा ठूलो रकम खर्च हुने गरेकामा बैंकको ब्याजदर न्यून अंकमा आएकाले लागत घटेको प्रवर्धकहरुले बताएका छन्।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर अहिले न्यून विन्दुमा छ। बैंकको ब्याजदर पछिल्लो तीन वर्षदेखि निरन्तर ओरालो लागिरहेको छ। निक्षेपको ब्याजदर ३ प्रतिशतमा भन्दा तल झरेको छ। ब्याजदरमा गिरावटको सकारात्मक प्रभाव जलविद्युत कम्पनीको नाफामा परेको हो।