BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनमात्र हुने, औपचारिक बाहेकका अन्य कार्यक्रममा सहभागी नहुने

२०८३ कात्तिक ३०

प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनमात्र हुने, औपचारिक बाहेकका अन्य कार्यक्रममा सहभागी नहुने
प्रधानमन्त्री शाहको भारत भ्रमण दुई दिनमात्र हुने, औपचारिक बाहेकका अन्य कार्यक्रममा सहभागी नहुने

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने र मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

GBIME
Tata

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते दिउँसो १:४० बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्। उनी मंसिर ७ गते दिउँसो ४:४० बजे निगमकै नियमित उडानबाट नेपाल फर्कनेछन्। उडानमा अन्य यात्रु पनि रहनेछन्।

प्रधानमन्त्रीको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले नेपाल वायुसेवा निगमलाई ४० जनाको सिट बुकिङ गर्न आग्रह गरेको छ।

स्रोतका अनुसार प्रधानमन्त्री शाहको भारत भ्रमण यसअघिका नेपाली प्रधानमन्त्रीहरूको भ्रमणभन्दा फरक र छोटो हुने देखिएको छ। उनी भारतमा रहँदा अन्य प्रधानमन्त्रीहरूले जस्तो विभिन्न कार्यक्रम तथा भ्रमण अवलोकनमा सहभागी हुने कार्यक्रम नरहेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री शाहको भ्रमणलाई औपचारिक भेटघाट र निर्धारित कार्यक्रममै सीमित राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ।