BIZMANDU
www.bizmandu.com

अनुत्पादक क्षेत्रमा लगानी नगर्न नेपाल बैंकलाई अर्थमन्त्रीको आग्रह, ‘खराब कर्जा असुलीमा ध्यान दिनू’

२०८३ कात्तिक ३०

अनुत्पादक क्षेत्रमा लगानी नगर्न नेपाल बैंकलाई अर्थमन्त्रीको आग्रह, ‘खराब कर्जा असुलीमा ध्यान दिनू’
अनुत्पादक क्षेत्रमा लगानी नगर्न नेपाल बैंकलाई अर्थमन्त्रीको आग्रह, ‘खराब कर्जा असुलीमा ध्यान दिनू’

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंकलाई वित्तीय अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा ध्यान दिन निर्देशन दिएका छन्।

GBIME
Tata

उनले सोमबार नेपाल बैंकको ९०औं वार्षिकोत्सव समारोहमा अनुत्पादक क्षेत्रमा लगानी नगर्न र सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेका तीन बुँदे कार्यसूची पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरे।

डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिंदै अर्थमन्त्री वाग्लेले संस्थागत कमजोरी सुधार गर्न तथा तथ्यांकको सुरक्षामा विशेष ध्यान दिन पनि आग्रह गरे।

उनले बैंकले डिजिटल बैंकिङ विस्तार, लघु, साना तथा मझौला उद्यमलाई सहज वित्तीय पहुँच, हरित अर्थतन्त्र प्रवर्धन र वित्तीय साक्षरता अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले बैंकले आर्थिक स्रोत परिचालन र पुँजी निर्माणका साथै मुलुकको औद्योगिक तथा व्यापार व्यवसायको विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएको बताए।

१४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकले ४ खर्ब १६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६२ अर्ब कर्जा परिचालन गरेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत छ। देशका विभिन्न ७१ जिल्लामा बैंकको सञ्जाल विस्तार भएको छ।