BIZMANDU
www.bizmandu.com

विमानस्थलबाट आधा किलो बढी सुन सहित चिनियाँ नागरिक समातिए, अनुसन्धान गर्दै प्रहरी

२०८३ कात्तिक ३०

विमानस्थलबाट आधा किलो बढी सुन सहित चिनियाँ नागरिक समातिए, अनुसन्धान गर्दै प्रहरी
विमानस्थलबाट आधा किलो बढी सुन सहित चिनियाँ नागरिक समातिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । अवैध रुपमा सुन ल्याएको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

GBIME
Tata

हङकङ हुँदै क्याथे प्यासिफिक विमानबाट काठमाडौं ‌ओर्लिएका ४२ वर्षीय चिनियाँ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको साथबाट प्रहरीले ६३५ ग्राम सुन समेत बरामद गरेको छ। उनले प्लास्टिकले बेरेर भित्री वस्त्रमा सुन लुकाएका थिए।

सुन कसले पठाएको, कसलाई दिने भन्ने लगायत विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।