BIZMANDU
www.bizmandu.com

एमालेले भन्यो- सरकारका कामकारबाहीले जनमानसमा असन्तुष्टि र आक्रोश बढायो

२०८३ कात्तिक ३०

एमालेले भन्यो- सरकारका कामकारबाहीले जनमानसमा असन्तुष्टि र आक्रोश बढायो
एमालेले भन्यो- सरकारका कामकारबाहीले जनमानसमा असन्तुष्टि र आक्रोश बढायो

काठमाडौं। नेकपा एमालेले सरकारका काम कारबाहीले मुलुकको राजनीतिक र लोकतान्त्रिक वातावरणलाई बिथोल्दै थप जटिल बनाएको बताएको छ।

GBIME
Tata

एमालेले मंसिर २ र ३ गते काठमाडौंमा गर्न लागेको राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने क्रममा सरकारका अलोकतान्त्रिक र जनविरोधी कार्यशैलीले जनमानसमा असन्तुष्टि, अन्योल, निराशा र आक्रोश बढाउँदै लगेको बताएको हो।

‘लोकतन्त्रका आधारभूत मूल्य-मान्यता, विधिको शासन र नागरिक अधिकारमाथि उठिरहेका प्रश्न तथा सरकारका अलोकतान्त्रिक र जनविरोधी कार्यशैलीले जनमानसमा असन्तुष्टि, अन्योल, निराशा र आक्रोस बढाउँदै लगेको छ,’ एमालेले भनेको छ, ‘मुलुकमा राजनीतिक दिशाहीनता र भविष्यप्रतिको अनिश्चितता गहिरिँदै गएको छ।’

आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारी, संगठनात्मक एकता सुदृढीकरण र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिरेर नयाँ आशा र ऊर्जा सञ्चार गर्न भन्दै एमालेले भेला गर्न लागेको हो।

भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि समेत गरी ३ हजार ४१४ जना सहभागी हुनेछन्।