BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, राजदूत दलेलाले गरे परराष्ट्रमन्त्री खनालसँग भेट

२०८३ कात्तिक ३०

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, राजदूत दलेलाले गरे परराष्ट्रमन्त्री खनालसँग भेट
प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, राजदूत दलेलाले गरे परराष्ट्रमन्त्री खनालसँग भेट

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा दलेलाले साेमबार सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेका हुन्।

मन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकामा बधाई दिंदै कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

राजदूतको जिम्मेवारी सम्हाल्न दलेला कात्तिक १७ गते नेपाल आएका थिए। सचिवालयका अनुसार खनाल र दलेलाबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको छ।