BIZMANDU
www.bizmandu.com

रविको उपस्थितिमा अमरेश सिंहको दुई महिने पदयात्रा सुरु, गाउँ वस्ती पुगेर जनताका गुनासा सुन्ने

२०८३ कात्तिक ३०

रविको उपस्थितिमा अमरेश सिंहको दुई महिने पदयात्रा सुरु, गाउँ वस्ती पुगेर जनताका गुनासा सुन्ने
रविको उपस्थितिमा अमरेश सिंहको दुई महिने पदयात्रा सुरु, गाउँ वस्ती पुगेर जनताका गुनासा सुन्ने

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्ने भन्दै मेची-महाकाली पदयात्रा सुरु गरेका छन्।

GBIME
Tata

उनले सोमबार रास्वपाका सभापति रवि लामिछानेको उपस्थितिमा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट पदयात्रा सुरु गरेका हुन्।

देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नेपालीहरूबीच भावनात्मक सम्बन्ध, आपसी सद्‍भाव र भाइचारा कायम गर्ने उद्देश्यका साथ अभियान सुरु गरेको सांसद सिंहले बताए।

उनले ६० दिने पैदल यात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ उठाइ गाउँ-बस्तीमा पुगेर जनताको आवाज सुन्ने, समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने बताए। ‘यो केवल पैदल यात्रा होइन, जनतासँग जोडिने, देश बुझ्ने र परिवर्तनको नयाँ संकल्प बोकेको राष्ट्रिय अभियान हो,’ उनले भने।