BIZMANDU
www.bizmandu.com

बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा पाण्डेले पाए राजदूतमा नियुक्ति, शर्मा र कर्ण पनि नियुक्त

२०८३ कात्तिक ३०

बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा पाण्डेले पाए राजदूतमा नियुक्ति, शर्मा र कर्ण पनि नियुक्त
बालेनको भारत भ्रमणको पूर्वसन्ध्यामा पाण्डेले पाए राजदूतमा नियुक्ति, शर्मा र कर्ण पनि नियुक्त

काठमाडौं। विभिन्न तीन देशका लागि राजदूत नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि राजदूत नियुक्त गरेका हुन्।

GBIME
Tata

पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा डा. निश्‍चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र सुरेश कुमार कर्णलाई इजरायलका लागि सोमबार राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

डा. कल्याणराज शर्मा

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको तयारी गरिरहँदा राजदूत नियुक्त गरिएको हो। भ्रमणको मिति सार्वजनिक नगरिए पनि बालेन मंसिर पहिलो साता भारत भ्रमण जाने तयारी छ।

मन्त्रिपरिषद्‍को असोज २ गते बसेको बैठकले भारत, चीन लगायत विभिन्न १३ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको थियो। जापान, मलेसिया र साउदी अरेबियाका प्रस्तावित राजदूतका हकमा बाहेक मन्त्रिपरिषद्को सिफारिस संसदीय सुनुवाई समितिले असोज २८ गते अनुमोदन गरेको थियो।

तीन देशका नवनियुक्त राजदूतलाई राष्ट्रपति पौडेलले शीतल निवासमा बोलाएर सोमबार नै पद तथा गोपनीयताको शपथ गराएका छन्।