BIZMANDU
www.bizmandu.com

कान्तिपुर फर्मास्युटिकल्सको आइपीओ निष्कासन मंसिर १० बाट, म्याद कहिलेसम्म?

२०८३ कात्तिक ३०

कान्तिपुर फर्मास्युटिकल्सको आइपीओ निष्कासन मंसिर १० बाट, म्याद कहिलेसम्म?
कान्तिपुर फर्मास्युटिकल्सको आइपीओ निष्कासन मंसिर १० बाट, म्याद कहिलेसम्म?

काठमाडौं। कान्तिपुर फर्मास्युटिकल्सले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि मंसिर १० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।

GBIME
Tata

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय काभ्रेको (पाँचखाल नगरपालिका-७)का स्थानीयका लागि जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर छुट्याएको छ। यस्तै वैदेशिक रोजगारमा गएका श्रमिकलाई कम्पनीले ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता छुट्याएको छ।

स्थानीयले १० देखि १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेकाहरुले १० देखि ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले मंसिर २४ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई मंसिर १५ गतेसम्म निष्कासन खुला रहने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्नेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ८० करोडको २१.२५ प्रतिशतले हुन आउने १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता कित्ता सेयर निष्कासनको अनुमति पाएको छ।

आइपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ दिएको छ।‍ यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

आर्थिक वर्ष २०८२/८३ असारसम्म कम्पनीको प्रति सेयर आम्दानी १३.८८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १२६.२४ रुपैयाँ छ। गत असारसम्म कम्पनी २३ करोड १३ लाख रुपैयाँ सञ्चित नाफामा रहेको वित्तीय विवरणमा उल्लेख छ।

कम्पनीका अध्यक्ष हेमराज बडाल हुन्। फर्मास्युटिकल्समा उनको ५.७५ प्रतिशत सेयर स्वामित्व छ। कान्तिपुर फर्मास्युटिकल्सले भेटेरिनरी औषधि, पशु पोषण, फिड एडिटिभ्स र अन्य पशु स्वास्थ्यजन्य सामग्रीको अनुसन्धान, उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

कम्पनीको कारखाना काभ्रेको पाँचखाल-७ शिखरपुरमा र कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा छ।

कम्पनीले उत्पादनको गुणस्तर अभिवृद्धि र नयाँ प्रविधि भित्र्याउन दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियासँग प्राविधिक सम्झौता गरेर काम गरिरहेको छ।