BIZMANDU
www.bizmandu.com

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भयो छठ, तस्बिरमा गौरीघाटका व्रतालुहरु

२०८३ कात्तिक ३०

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भयो छठ, तस्बिरमा गौरीघाटका व्रतालुहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भयो छठ, तस्बिरमा गौरीघाटका व्रतालुहरु

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको छ। सोमबार बिहान व्रतालुहरूले सूर्यदेवको पूजा आराधना गर्दै दूध, फूल र जल चढाएर पर्वको समापन गरेका हुन्।

GBIME
Tata

छठ पर्वमा सूर्यदेवलाई सम्पूर्ण शक्तिको स्रोत र जललाई जीवनको आधार मान्दै पूजा गर्ने धार्मिक विश्वास छ। यस पर्वमा विवाहित महिला तथा पुरुषले पति वा पत्नीको दीर्घायु र अविवाहितले योग्य जीवनसाथी प्राप्तिको कामना गर्ने परम्परा छ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय काठमाडौंसहित देशका विभिन्न पहाडी क्षेत्रमा पनि लोकप्रिय बनेको छ। काठमाडौंमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, बल्खु र बालाजु लगायत स्थानमा छठ पूजा आयोजना गरिएको थियो।

गौरीघाटमा छठ समापनको तस्विरहरु