BIZMANDU
www.bizmandu.com

रारा जाँदै गरेको जीप मुगुको जिमाकाँरामा दुर्घटनाः तीन जनाको मृत्यु, दुई घाइते

२०८३ कात्तिक २९

रारा जाँदै गरेको जीप मुगुको जिमाकाँरामा दुर्घटनाः तीन जनाको मृत्यु, दुई घाइते
रारा जाँदै गरेको जीप मुगुको जिमाकाँरामा दुर्घटनाः तीन जनाको मृत्यु, दुई घाइते

मुगु। मुगुमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

GBIME
Tata

काठमाडौंबाट रारा जाँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको जीप छायाँनाथ रारा नगरपालिका -७, टोप्लास्थित जिमाकाँरा भीरबाट ६०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार जीपमा सवार पाँच जनामध्ये काठमाडौं कलङ्की बस्ने ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको हो।

दुर्घटनामा जीप चालक ललितपुरका ५८ वर्षीय कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन्। दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले बताए। रासस