BIZMANDU
www.bizmandu.com

काठमाडौंसामू पोखराको एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य, भुर्तेल र साम्राको कीर्तिमान

२०८३ कात्तिक २९

काठमाडौंसामू पोखराको एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य, भुर्तेल र साम्राको कीर्तिमान
काठमाडौंसामू पोखराको एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य, भुर्तेल र साम्राको कीर्तिमान

काठमाडौं। पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसामू २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौंसामू एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य दिएको हो।

GBIME
Tata

यसक्रममा पोखराले विराटनगरले पोखरा विरुद्ध नै बनाएको २२० रनको कीर्तिमानलाई पोखराले तोडेको छ। पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।

बिस्फोटक ब्याटिङ गर्नेक्रममा पोखराका पूर्वकप्पतान कुशल भुर्तेल शतक बनाउनबाट एक रनले चुके। उनी ९९ रन बनाएर आउट भए। त्यस्तै, युवराज साम्राले ८९ रन बनाउँदा चमिका करुणारत्ने १९ रनमा नटआउट रहे। साम्रा र भुर्तेलबीचको १८६ रनको साझेदारी एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो।

बलिङमा काठमाडौंका करण केसीले २ तथा जहानदाद खानले १ विकेट लिए।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिँदैछ।