BIZMANDU
www.bizmandu.com

हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्य

२०८३ कात्तिक २९

हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्य
हुसैन तलतको अर्धशतकमा चितवनलाई कर्णालीको १ सय ५४ रनको लक्ष्य

काठमाडौं। कर्णाली याक्सले चितवन राइनोजसामू १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो।

GBIME
Tata

यसक्रममा कर्णालीका हुसैन तलतले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक अविजित ५१ रन बनाउँदा अरिफुल इस्लामले ३५ तथा गुल्सन झाले १८ रनको योगदान दिए। बलिङमा बलिङमा कमलसिंह ऐरी, सलाउद्दीन खान र उस्मा मीरले समान २ विकेट लिँदा रिजन ढकाल र सिकन्दर राजाले समान १ विकेट लिए।

चितवन केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।

आजको जितहारले लिगमा ठूलो प्रभाव पार्ने छैन। कर्णाली आफ्नो अन्तिम खेल प्रतिस्ठाका लागि खेलिरेको छ भने चितवनले हारे पनि जिते पनि इलिमिनेटर खेल्नेछ, शीर्ष दुईमा रहँदै क्वालिफायर पुग्ने छैन।