BIZMANDU
www.bizmandu.com

महिला लघुवित्तको नाफा ११५.७६ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ८०.४० रुपैयाँ

२०८३ कात्तिक २९

महिला लघुवित्तको नाफा ११५.७६ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ८०.४० रुपैयाँ
महिला लघुवित्तको नाफा ११५.७६ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ८०.४० रुपैयाँ

काठमाडौं। महिला लघुवित्तको नाफा ११५.७६ प्रतिशतले बढाएको छ। लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ।

GBIME
Tata

लघुवित्तको फि कमिसन आम्दानी भने घटेको छ। साउनदेखि असोज मसान्तसम्म लघुवित्तले १ करोड ४९ लाख रुपैयाँ फि-कमिसन आम्दानी गरेको छ। पोहोर सोही अवधिमा यस्तो आम्दानी १ करोड ६२ लाख रुपैयाँ थियो।

लघुवित्तको ब्याज आम्दानी ३५.४३ प्रतिशतले घटेर ११ करोड ९३ लाखमा सीमित भएको छ।

लघुवित्तले २ लाख ५१ हजार प्रोभिजनिङ राइट ब्याज गरेको छ। खराब कर्जा भने वृद्धि भएको छ। पोहोर २.२४ प्रतिशत रहेको खराब कर्जा अहिले १३.२१ प्रतिशत पुगेको छ।

पुँजीकोष अनुपात उच्च दरले घटेको छ। पोहोर असोजमा ९.२८ प्रतिशत रहेको यस्तो अनुपात अहिले ५.३३ प्रतिशतमा झरेको छ।

नाफा बढेसँगै प्रति सेयर आम्दानी ३७.२३ रुपैयाँबाट बढेर ८०.४० रुपैयाँ पुगेको छ। लघुवित्तको नेटवर्थ २०३.१९ रुपैयाँ छ।विवरणयोग्य नाफा १ करोड ८० लाख छ।