काठमाडौं। सुनचाँदीको मूल्य तिहारपछि लगातार घटेको छ। साताको पहिलो दिन सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति तोला २ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार सुन तोलामा १२ हजार ६०० रुपैयाँ घटेर २ लाख ७१ हजार ७०० रुपैयाँका दरले किनबेच भएको थियो।
चाँदीको मूल्य आइतबार तोलामा १०० रुपैयाँ सस्तिएको छ। चाँदीको भाउ प्रति तोला ३ हजार ६०० रुपैयाँमा आइपुगेको छ। चाँदी शुक्रबार प्रति तोला ३ हजार ७०० रुपैयाँका दरले किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य ३८७८.५५ डलर र चाँदीको मूल्य ४८.७५ डलर छ।