काठमाडौं। गृहमन्त्री सुधन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई)का वैदेशिक व्यापारमन्त्री डा थानी विन अहमद जेयुदीलाई बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न आग्रह गरेका छन्।
विश्व प्रहरी सम्मेलनका लागि दुबई पुगेका मन्त्री गुरुङले यूएईका मन्त्रीसामु बूढीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न आग्रह गरेको नेपाली दूतावासले जनाएको छ।
१२०० मेगावाट क्षमताको यो आयोजना सुधनको गृहजिल्ला गोरखामा पर्छ। यो आयोजना बनाउन ४ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ।
गृमन्त्री गुरुङले यूएईका मन्त्रीसामु नेपालमा जलविद्युत, कृषि, पर्यटन र पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेको दूतावासले जनाएको छ। उनीहरुबीच प्रविधि, लजिस्टिक्स र हवाई कनेक्टिभिटीमा सहकार्य बढाउने विषयमा पनि कुरा भएको छ।