BIZMANDU
www.bizmandu.com

क्वालिफायर पुग्न लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य, विराटनगरका असलंकाको अर्धशतक

२०८३ कात्तिक २८

क्वालिफायर पुग्न लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य, विराटनगरका असलंकाको अर्धशतक
क्वालिफायर पुग्न लुम्बिनीलाई १ सय ६७ रनको लक्ष्य, विराटनगरका असलंकाको अर्धशतक

काठमाडौं। तालिकाको शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर पुग्न लुम्बिनीले १६७ रनको लक्ष्य पाएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो।

GBIME
Tata

सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय इनिङ्स खेल्दै स्कोर उकासे। उनले ४३ बलमा १ चौका र छक्ककाको सहायतामा ६४ रन बनाए।त्यस्तै, शुभम रञ्जनीले अविजित ३१ रन बनाए।

इमरान शेख रिटार्यड हर्ट भए।

त्यसअघि रिटायर्ड हर्ट भएका ओपनर इमरान शेखले २४ रन बनाउँदा लोकेश बम १५ रन बनाएर पभेलियन फर्किए।

बलिङमा किशोर महतोले २ विकेट तथा रुबेन ट्रम्पलमेन र अभिषेश गौतमले समान १/१ विकेट लिए।  

लुम्बिनीको सेलिब्रेसन।

आजको खेल जिते लुम्बिनी शीर्ष दुईमा रहँदै क्वालिफायर पुग्नेछ भने विराटनगरले जिते प्लेअफ पुग्ने सम्भावनालाई जीवित राख्नेछ। पराजित भए विराटनगर बाहिरिने छ। लुम्बिनीले भने प्लेअफमा यसअघि नै स्थान बनाइसेकेको छ।