BIZMANDU
www.bizmandu.com

लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तन

२०८३ कात्तिक २८

लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तन
लुम्बिनीले टस जित्यो, ब्याटिङमा विराटनगर, दुबै टोलीको प्लेइङ ११ मा परिवर्तन

काठमाडौं। विराटनगर किंग्सले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएको हो।

GBIME
Tata

कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर प्लेअफ पुग्न सम्भावना जीवित राख्न जित्नै पर्ने दवाबका साथ मैदान उत्रँदैछ। लुम्बिनी प्लेअफ त पुगिसकेको छ, अब उसको नजर शीर्ष दुईमा रहँदै क्वालिफायरमा पुग्नेछ।

आज विराटनगरमा एन्जेलो म्याथ्युज र प्रतिश जिसी बाहिरिँदा शुभम रञ्जनी र सुजन थपलिया आएका छन्।

लुम्बिनीमा समीम हुसैनको स्थानमा अलि शेखले प्लेइङ ११ मा स्थान बनाएका छन्।

लुम्बिनीको प्लेइङ ११

रोहितकुमार पौडेल, सन्दीप जोरा, आशिफ शेख, शेर मल्ल, अभिशेष गौतम, दीलिप नाथ, किशोर महतो, रुबेन ट्रम्पलमेन, निरोशन डिक्वेला, डार्सी सर्ट, अली शेख

विराटनगरको प्लेइङ ११

सन्दीप लामिछाने, लोकेश बम, बसीर अहमद, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सुजन थपलिया, शेहान जयसूर्या, शुभम रञ्जनी, चरिथ असलंका, इसुरु उडाना