BIZMANDU
www.bizmandu.com

इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र

२०८३ कात्तिक २७

इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र
इ-पेन्सन सम्बन्धी काम अबदेखि सम्बन्धित कार्यालयबाटै, सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र

काठमाडौं। इ-पेन्सन सम्बन्धी काम अबदेखि जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयको साटो सम्बन्धित कार्यालयबाटै सञ्चालन हुने भएको छ।

GBIME
Tata

यसका लागि राष्ट्रिय किताबखानाले सम्बन्धित कार्यालयका प्रशासन हेर्ने कर्मचारीको नाम, पद, इमेल आइडी र सम्पर्क नम्बर मागेको छ।

किताबखानाकी महानिर्देशक आरती न्यौपानेले शुक्रबार लेखेको पत्रका आधारमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार नै सबै मन्त्रालय र मातहतका निकाय, प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको छ। परिपत्रमा इ-पेन्सन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ।

किताबखानाबाट सम्पादन हुने निवृत्तभरण, उपदान, सञ्चित विदा रकम किटानी र सिटरोलसम्बन्धी सेवा कात्तिक १ गतेदेखि अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आएको छ।