काठमाडौं। जनकपुरले चितवनविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुरका कप्तान हरमीत सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जनकपुर प्लेअफको सम्भावनालाई जिवित राख्न जित्नै पर्ने दवाबका साथ मैदान उत्रँदैछ। यद्यपि जितले पनि उसको प्लेअफ पुग्ने सम्भावनालाई धेरै बलियो बनाउँदैन। अर्कोतर्फ लगातार दुई जित निकाले प्लेअफ पुग्ने समीकरणमा रहेको चितवन पनि आज दवाबमा हुनेछ।
आजको खेलमा दुबै टोलीले एक-एक परिवर्तन गरेको छ। जनकपुरले अनिलकुमार साहको स्थानमा सन्तोष कार्कीलाई प्लेइङ ११ मा राखेको छ। चितवनले डान मोउन्सीको स्थानमा डेविड मलानलाई प्लेइङ ११ मा राखेको छ।
जनकपुरको प्लेइङ ११
हरमीत सिंह (कप्तान), सन्तोष कार्की, विशाल सुस्लिङ, राहुल यादव, ललित राजवंशी, आदित्य महता, तृतराज दास, अभिषेक तिवारी, जेम्स निसम, रायन बर्ल, ह्यारी टेक्टर
चितवनको प्लेइङ ११
सिकन्दर राजा (कप्तान) कुशल मल्ल, रिजन ढकाल, कमल ऐरी, अर्जुन साउद, विवेक यादव, रञ्जित कुमार, मौसम ढकाल, रवि बोपारा, कपिल मिल्सार, डेविड मलान,