BIZMANDU
www.bizmandu.com

तिहारपछिको सेयर बजार : नेप्से ६.४४ अंकले घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार

२०८३ कात्तिक २७

तिहारपछिको सेयर बजार : नेप्से ६.४४ अंकले घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार
तिहारपछिको सेयर बजार : नेप्से ६.४४ अंकले घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार

काठमाडौं। तिहार बिदापछिको सेयर बजारमा नेप्से सामान्य अंकले घटेको छ। नेप्से परिसूचक शुक्रबार ६.४४ अंक ओरालो लागेर २६४८.७७ विन्दुमा आएको छ।

GBIME
Tata

कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर र निर्जीवन बीमा बाहेकका उपसमूहले बजार घटाएका हुन्। बजारमा १६० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.५६ प्रतिशतले घटेको छ।

११० कम्पनीका लगानीकर्ताले कमाएका छन्। स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशतले बढेको छ। बजारमा ३ अर्ब ५ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

घोराही सिमेन्टको सबैभन्दा धेरै ४० करोड ७ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सानिमा माई हाइड्रोपावरको १६ करोड ७३ लाख र स्वेत गंगा हाइड्रोपावरको १६ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।