काठमाडौं। सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडमा छुट पाउने भएका छन्।
बैंकका ग्राहकले चौतारी हस्पिटालिटीमा ड्रिंक्स र वेभरेजमा ७% छुट पाउने भएका हुन्। आफ्ना ग्राहकलाई छुट सुविधा उपलब्ध गराउन बैंकले चौतारी हस्पिटालिटीसँग सम्झदारीपत्रमा हस्ताक्षर गरेको छ।
समझदारीपत्रअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले चौतारी हस्पिटालिटीमा छुट सुविधा लिन सक्नेछन्।