BIZMANDU
www.bizmandu.com

धर्मराएको सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै ऐरीको अर्धशतक, काठमाडौंसामू १ सय २६ रनको लक्ष्य

२०८३ कात्तिक २७

धर्मराएको सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै ऐरीको अर्धशतक, काठमाडौंसामू १ सय २६ रनको लक्ष्य
धर्मराएको सुदूरपश्चिमको इनिङ्स सम्हाल्दै ऐरीको अर्धशतक, काठमाडौंसामू १ सय २६ रनको लक्ष्य

काठमाडौं। सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुदूरपश्चिमले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो।

GBIME
Tata
कप्तान ऐरीले अर्धशतक बनाए।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम पावरप्लेमै काठमाडौंअघि निरीह बनेको थियो। पहिलो पावरप्ले सकिँदा सुदूरपश्चिम ४ विकेट गुमाएर २१ रनको स्थितिमा थियो। सुदूरपश्चिमका शीर्षक्रमका ब्याटर स्कट कुगेलेइन ६ र विनोद भण्डारी १ तथा इशान पाण्डे र ब्राण्डन म्याकमुलन डकआउट भए।

क्रिजमा सुदूरपश्चिमका खेलाडी।

अफ्ठेरो स्थितिमा आएका दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै सुदूरपश्चिमको पारी सम्हाले। उनले ५५ बलमा ६० रन बनाउँदा आरिफ शेखले १६ रन बनाए। त्यस्तै, थारिन्दु रत्नायके २६ रनमा अविजित रहे।

बलिङमा काठमाडौंका जहानदाद खानल् ३ तथा सन्तोष यादवले २ विकेट लिए।

बलिङमा सन्तोष यादव। क्रिजमा विनोद भण्डारी।

काठमाडौं जवाफी ब्याटिङमा उत्रिँदैछ।

आजको खेलमा जित्ने टोली प्लेअफमा पुग्नेछ।

सुदूरपश्चिमको ब्याटिङ संघर्ष। तस्बिर: सुशील श्रेष्ठ/बिजमाण्डू