BIZMANDU
www.bizmandu.com

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८३ कात्तिक २७

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० दिनका लागि २ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट २ खर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले यो रकम बोलकबोलमार्फत २० दिनका लागि उठाउन लागेको हो।

GBIME
Tata

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। शुक्रबार अपराह्न २ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज मंसिर १७ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब १८ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।