BIZMANDU
www.bizmandu.com

सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाख

२०८३ कात्तिक २७

सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाख
सोल्टी होटलको नाफा १५.२ प्रतिशतले वृद्धि, पहिलो त्रैमासमा कमायो १४ करोड २३ लाख

काठमाडौं। सोल्टी होटलको वित्तीय अवस्थामा सुधार आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा होटलले १४ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको छ।

GBIME
Tata

सोल्टीले पहिलो त्रैमासमा आर्जन गरेको मुनाफा पोहोर सोही अवधिको तुलनामा १५.२ प्रतिशत धेरै हो। पोहोर साउनदेखि असोज मसान्तसम्म सोल्टीले १२ करोड ३५ लाख रुपैयाँ मुनाफा कमाएको थियो।

सोल्टीले तीन महिनामा आम्दानी १४.८९ प्रतिशतले बढाएर ७२ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ। प्रति सेयर आम्दानी १.२१ रुपैयाँ र प्रति सेयर नेटवर्थ २९.९२ रुपैयाँ छ।

दुई आर्थिक वर्ष पहिलो त्रैमासको वित्तीय विवरण

सूचक२०८३/८४२०८२/८३फरक %
चुक्ता पुँजी११७५१५२०००१०२१८६२०००१५
कुल आम्दानी७२१४१२०००६२७९४००००१४.८९
कुल खर्च५५००३२०००४८३८४९०००१३.६८
वित्तीय लागत९९०००२३२२०००-९५.७४
कुल नाफा१४२३७५०००१२३५८६०००१५.२
प्रति सेयर आम्दानी (रुपैयाँ)१.२११.२१०
प्रति सेयर नेटवर्थ (रुपैयाँ)२९.९२२८.३५.७२
स्रोत : कम्पनीको ब्यालेन्स सिट