BIZMANDU
www.bizmandu.com

काठमाडौंले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम, दुबैको प्लेइङ ११ मा दुई-दुई परिवर्तन

२०८३ कात्तिक २७

काठमाडौंले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम, दुबैको प्लेइङ ११ मा दुई-दुई परिवर्तन
काठमाडौंले टस जित्यो, ब्याटिङमा सुदूरपश्चिम, दुबैको प्लेइङ ११ मा दुई-दुई परिवर्तन

काठमाडौं। काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाडौंका कप्तान करण केसीले टस जितेर सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्ता दिएका हुन्।

GBIME
Tata

आजको खेलमा दुबै टोलीमा प्लेइङ ११ मा दुईवटा परिवर्तन गरेका छन्। काठमाडौंका हेभिवेट ब्याटर डेभिड वार्नर फर्किँदा दुसान हेमन्था र साम हेजलेटले स्थान बनाएका छन्। विल बोसिस्ट पनि प्लेइङ ११ मा छैनन्।

त्यस्तै, सुदूरपश्चिममा वेस्ट इण्डिजका अलराउण्डर फाबियन एलनले डेब्यु गर्दा दीपक बोहराले पनि टोलीमा स्थान बनाएका छन्। सैफ जैब र अभिनास बोहरा प्लेइङ ११ बाट बाहिरिएका छन्।

सुदूरपश्चिमको प्लेइङ ११

दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, ब्राण्डन म्याकमुलन, आरिफ शेख, इशान पाण्डे, थारिन्द रत्नायके, स्कट कुगेलेइन, अनिल खरेल, हेमन्त धामी, दीपक बोहरा, फाबियन एलन

काठमाडौंको प्लेइङ ११

करण केसी (कप्तान), भीम सार्की,  राशिद खान, साहिल पटेल, गणेश गौतम, सन्तोष यादव, आदिल आलम, जहानदाद खान,  साम हेजलेट, शेहान अरागिचे र दुसान हेमन्था