काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन्।
प्रचण्ड अखिल रूसी राजनीतिक दलको आयोजनामा शनिबारदेखि ५ दिनसम्म हुने राष्ट्रहरुको स्वतन्त्रता सम्बन्धी विश्व सम्मेलनमा सहभागषी हुन शुक्रबार बिहान मस्को प्रस्तान गरेका हुन्।
सम्मेलनमा विश्वका विभिन्न देशका राजनीतिक दलका नेता तथा प्रतिनिधिले भाग लिने छन्। प्रचण्डले प्रमुख स्वकीय सचिव गोविन्द आचार्यलाई पनि साथै लगेका छन्।