BIZMANDU
www.bizmandu.com

नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?

२०८३ कात्तिक २७

नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?
नेपाल एसबिआई बैंकले सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने, बोनस सेयर कति?


काठमाडौं। नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ८.२५ प्रतिशत लाभांश दिने भएको छ।

GBIME
Tata

बैंक सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको ३३औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। बैंकको चुक्ता पुँजी हाल ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ छ।