BIZMANDU
www.bizmandu.com

रास्वपा महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली कार्तिक २९ मा चीन जाने

२०८३ कात्तिक २६

रास्वपा महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली कार्तिक २९ मा चीन जाने
रास्वपा महामन्त्री आचार्य नेतृत्वको २० सदस्यीय टोली कार्तिक २९ मा चीन जाने


काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वको प्रतिनिधिमण्डल चीन जाने भएको छ।

GBIME
Tata

आचार्य नेतृत्वको टोली कार्तिक २९ गते चीन प्रस्थान गर्न लागेको प्रवक्ता जगदिश खरेलले जनाएका छन्।

भ्रमणमा आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका बहुआयामिक पक्षहरूमा छलफल  हुने प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

आचार्य नेतृत्वको टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, राम लामा, पुनम कुमारी अग्रवाल,  आनन्दबहादुर चन्द, सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।