BIZMANDU
www.bizmandu.com

लगातार हारपछि कप्तान फेर्‍यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै   

२०८३ कात्तिक २६

लगातार हारपछि कप्तान फेर्‍यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै   
लगातार हारपछि कप्तान फेर्‍यो कर्णालीले, लुम्बिनीविरुद्ध टस जितेर ब्याटिङ गर्दै   


काठमाडौं। कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर ब्याटिङ रोजेका हुन्।

GBIME
Tata

यसअघि कर्णालीको नियमित कप्तानी सोमपाल कामीले सम्हाल्दै आएका थिए। सुरुका दुई खेलमा सफलतापछि लगातार तीन खेलमा कर्णाली पराजित भएको छ। जितको दवाबमा आज कर्णाली लुम्बिनीविरुद्ध उत्रँदैछ।

अर्कोतर्फ लुम्बिनी ७ अंक जोडेर तुलनात्मक रुपमा कम्फर्टेबल स्थितिमा छ।

लुम्बिनी लायन्स प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, अभिषेश गौतम, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, समीम हुसैन, किशोर महतो

कर्णाली याक्स प्लेइङ ११

डेभिड मिलर (कप्तान), सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, पवन सर्राफ, अरिफुल इस्लाम, मार्क वाट, हुसैन तलत