BIZMANDU
www.bizmandu.com

लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?

२०८३ कात्तिक २६

लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?
लघुवित्तलाई बढ्दो खराब कर्जाले तनाव, पुग्यो ११.६१ प्रतिशत, कुनको ब्यालेन्स सिट कस्तो?


काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरुका लागि बढ्दो खराब कर्जा टाउको दुखाइको विषय बनेको छ। खराब कर्जा एक वर्षमा ३.०३ प्रतिशत विन्दुले बढेपछि त्यसको असर नाफामा परेको छ।

GBIME
Tata

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका ३० वटा लघुवित्तको नाफा जम्मा ०.५२ प्रतिशतले वृद्धि भएको छ। ती लघुवित्तले तीन महिनामा १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन्।

पोहोर यसै अवधिमा ती लघुवित्तले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेका थिए। ब्याज आम्दानी बढे पनि खराब कर्जा वृद्धिका कारण लघुवित्त संस्थाहरुको नाफा खासै बढ्न नसकेको हो।

३० वटा लघुवित्तले साउनदेखि असोजसम्म ५ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो आम्दानी ५ अर्ब ४३ करोड रुपैयाँ थियो।

ब्याज र फी-कमिशन शुल्कबापतको आम्दानी बढाएका लघुवित्तको खराब कर्जा वृद्धिले कर्जा नोक्सानी बढ्दा नाफा अपेक्षाजनक नदेखिएको लघुवित्तकर्मीहरु बताउँछन्।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादव बेसरेटको क्यापले नाफा खासै बढ्न नसकेको बताउँछन्।

‘लघुवित्तहरुले आफ्नो बेसरेटको अधिकतम ३ प्रतिशत प्रिमियम र वाणिज्य बैंकहरुको पछिल्लो तीन महिनाको औसत बेसरेटका आधारमा ९ प्रतिशतमध्ये जुन कम हुन्छ सोहीभित्र कर्जाको ब्याज तय गर्नुपर्छ,’ उनले भने,’ ब्याजदरको क्यापले गर्दा अधिकांश संस्थाले ३ प्रतिशत प्रिमियम लिन सकिरहेका छैनन्। जसको असर लघुवित्तको नाफामा परेको छ।’

३० मध्ये १५ लघुवित्तले नाफा बढाएका छन्। १२ लघुवित्तको नाफा भने खुम्चिएको छ। २ लघुवित्तको नाफा ऋणात्मक छ।

एनएमबि लघुवित्तको नाफा सबैभन्दा धेरै ३६९.२३ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्ष तीन महिनामा एनएमबि लघुवित्तले ५ करोड ९७ लाख खुद नाफा गरेको छ। उसले पोहोर यसै अवधिमा १ करोड २७ लाख नाफा गरेको थियो।

त्यसैगरी, स्वाभिमान लघुवित्तले २१६ प्रतिशत, अभियान लघुवित्तले ११० प्रतिशत र आत्मनिर्भर लघुवित्तले ८६.१४ प्रतिशतले नाफा बढाएका छन्।

आरम्भ चौतारीको नाफा २ करोड १४ लाख र नेरुडे मिर्मिरे लघुवित्तको नाफा २ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ। मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा सबैभन्दा धेरै ८११.३७ प्रतिशतले घटेको छ।

लघुवित्तको बचत लागत बढी हुँदा नाफा बढ्न नसकेको यादवको भनाइ छ। ‘बैंकहरुले निक्षेपमा दिने ब्याजदर घटाउँदै आएपछि लघुवित्तमा बचत बढेको छ। लघुवित्तले बचतमा बढी ब्याज दिइरहेका छन,’ उनले भने,’ जसले गर्दा बचतको लागत बढी छ। बैंकहरुबाट लिने सापटीको लागत कम भए पनि आफ्नो बचतको लागत बढी हुँदा त्यसको असर परेको हो।’

बाढी पहिरोका कारण असुली प्रभावित भइ खराब कर्जा बढेकाले नाफा प्रभावित भएको एक लघुवित्तका सीइओले बताए। ‘रसुवा बाढीको असर लघुवित्तमा परेको छ। धेरै ऋणीको ठूलो क्षति भएको छ,’ ती सीइ‌ओले भने, ‘यस्तो परिस्थितिमा हामीले असुलीमा फोर्स गर्ने कुरा भएन। जसका कारण खराब कर्जा बढ्न पुग्यो।’

लघुवित्त संस्था २०८३/८४ को पहिलो त्रैमासको
नाफा रु. (दश हजारमा)
२०८२/८३ को पहिलो त्रैमासको
नाफा रु. (दश हजारमा)
नाफा फरक
(प्रतिशतमा)
धौलागिरी६१५२२०९२३-७०.६
लक्ष्मी३३२६७३०९०९७.६३
आरएडीसी१२६३३२११०७-४०.१५
नेसनल१९०५२८१४४२८७३२.०५
युनिक८४६९१८५९८-५४.४६
आत्मनिर्भर२१३३९११४६४८६.१४
ग्रामिण३०५७४१२२०२७-७४.९४
छिमेक२७३३६७२६९००२१.६२
ग्लोबल आइएमई६७१०२६२१७९७.९२
महुली३७४२८३४४७७८.५६
एनएमबि५९७१०१२७२५३६९.२३
स्वाभिमान२५३९६८०२७२१६.३८
उन्नति सहकार्य३७०५४२८६-१३.५६
आरम्भ चौतारी-२३५६३८२०६–
अभियान१७०८३८१११११०.६२
इन्फिनिटी२४५५३३१४७७-२२
मेरो माइक्रोफाइनान्स८६६२३-१२१७७-८११.३७
निर्धन उत्थान११५४६०१२६१७६-८.४९
सूर्योदय वोमी१०८४४७६२४५२७३.६५
डिप्रोक्स२१९९३०२०२२१५८.७६
हिमालयन१७०९६२०७०८-१७.४४
मिथिला४३४४९३३६३७२९.१७
सपोर्ट१६२८३१६२०००.५१
नेरुडे मिर्मिरे-२७९९९५५३६८–
फर्स्ट माइक्रोफाइनान्स१७७७७१६८४०५.५६
साना किसान१८३६१५२२८४९८-१९.६४
गुराँस१४८८६१४४८८२.७५
मानुषि३२२४४२९१-२४.८७
उपकार२३२९७७२७-६९.८६
नेष्डो समृद्ध३६४६०३२६२९११.७४
जम्मा१६२५३२३१६१६८५७०.५२
स्रोत : लघुवित्त संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरण

लघुवित्तहरुको खराब कर्जा उच्च दरले वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघुवित्तहरुको औसत खराब कर्जा ११.६१ प्रतिशत पुगेको छ। पोहोर यसै अवधिमा लघुवित्तहरुको औसत खराब कर्जा ८.५८ प्रतिशत र २०८३ असार मसान्तमा ९.७८ प्रतिशत थियो।

वित्तीय विवरण सार्वजनिक गरेका ३० मध्ये २३ लघुवित्तको खराब कर्जा वृद्धि भएको छ।

पोहोर असोजको तुलनामा चालु आवमा आरम्भ चौतारी लघुवित्तको खराब कर्जा १७.०४ प्रतिशत विन्दुले वृद्धि भएको छ। पोहोर असोजमा ४.२२ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले २१.२६ प्रतिशत पुगेको छ।

बढ्दो खराब कर्जा लघुवित्तका लागि मुख्य चुनौती बनेको यादव बताउँछन्। ‘अघिल्ला वर्षहरुको तुलनामा असुलीमा केही सुधार भइरहेको हो। ऋणीले ब्याज तिर्न थालेका छन्। धेरै ऋणीले भाका मागिरहेका छन्,’ उनले भने, ‘हाम्रा लागि बढ्दो खराब कर्जा मुख्य चुनौती देखिएको छ।’

लघुवित्त संस्था२०८३/८४ पहिलो त्रैमास
खराब कर्जा (प्रतिशत)
२०८२/८३ पहिलो त्रैमास
खराब कर्जा (प्रतिशत)
खराब कर्जा
फरक (प्रतिशत)
धौलागिरी२१.०५२०.५२०.५३
लक्ष्मी१२.१२११.७९०.३३
आरएडीसी४.९४.४४०.४६
नेसनल४.९४४.९६-०.०२
युनिक१९.८३१२.६७७.१६
आत्मनिर्भर१०.५११२.८३-२.३२
ग्रामिण११.८९४.६९७.२
छिमेक२.२३२.५१-०.२८
ग्लोबल आइएमई९.३६३.९१५.४५
महुली९.९१५.९५३.९६
एनएमबि१२.८९४.६३८.२६
स्वाभिमान१२.९२८.४१४.५१
उन्नति सहकार्य१३.५२९.५७३.९५
आरम्भ चौतारी२१.२६४.२२१७.०४
अभियान१२.७६७.६९५.०७
इन्फिनिटी१३.२२१०.८१२.४१
मेरो माइक्रोफाइनान्स१९.२४१४.९७४.२७
निर्धन उत्थान१३.१६१०.४७२.६९
सूर्योदय वोमी११.८४१८.६८-६.८४
डिप्रोक्स६.७८.७३-२.०३
हिमालयन१२.१७६.९५५.२२
मिथिला१५.९६८.६७.३६
सपोर्ट३.३१.६३१.६७
नेरुडे मिर्मिरे२१.७३१५.७६.०३
फर्स्ट माइक्रोफाइनान्स१.९७४.२४-२.२७
साना किसान३.१९३.०७०.१२
गुराँस६.८४३.१३३.७१
मानुषि८.५७६.१४२.४३
उपकार१०.९३४.४५६.४८
नेष्डो समृद्ध१९.५२२०.९४-१.४२
औषत११.६१८.५८३.०४
स्रोत : लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण