काठमाडौं। पोखरा एभेन्जर्स विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङमा उत्रिने भएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा यी दुबै टोली जितको दवाबमा छन्। प्लेअफ पुग्ने सम्भावना कायम राख्न दुबैलाई जित आवश्यक परेको छ।
विराटनगर किंग्सले प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ। अघिल्लो खेल खेलेका नारायण जोशी, शुभन रञ्जनी, आन्द्रे रसेलको स्थान प्रतिश जिसी, इसुरु उडाना र चरिथ असलंकाले लिएका छन्। अर्कोतर्फ पोखराले एक परिवर्तन गर्दै मेहदी हसनको स्थानमा रमेस मेन्डिसलाई उतारको छ।
विराटनगरको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बसीर अहमद, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, शेहान जयसूर्या, एन्जेलो म्याथ्युज, इसुरु उडाना, चरिथ असलंका
पोखराको प्लेइङ ११
चमिका करुणारत्ने (कप्तान), कुशल भुर्तेल, विपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, अर्जुन कुमाल, अर्जुन घर्ती मगर, सन्नी विक, रमेश मेन्डिस, धनन्जय लक्षन, युवराज साम्रा