BIZMANDU
www.bizmandu.com

आइपीओ बेचेको २० वर्षसम्म छैन प्रतिफल, यी हुन् लाभांश नदिने ९७ कम्पनी

२०८३ कात्तिक २६

आइपीओ बेचेको २० वर्षसम्म छैन प्रतिफल, यी हुन् लाभांश नदिने ९७ कम्पनी
आइपीओ बेचेको २० वर्षसम्म छैन प्रतिफल, यी हुन् लाभांश नदिने ९७ कम्पनी


काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये एक तिहाइले अहिलेसम्म सेयरधनीलाई प्रतिफल दिन नसकेको पाइएको छ। सेयर निष्कासन गरेको लामो अवधिसम्म सूचीकृत कम्पनीमध्ये ३१.८० प्रतिशतले लाभांश वितरण गर्न नसकेका हुन्।

GBIME
Tata

आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ३०५ कम्पनी नेप्सेमा सूचीकृत रहेकामा ९७ कम्पनीले अहिलेसम्म सेयरधनीलाई प्रतिफल वितरण गरेका छैनन्।

आइपीओ निष्कासन गरेदेखि अहिलेसम्म प्रतिफल दिन नसकेका कम्पनीमा अधिकांश हाइड्रोपावर छन्। सूचीकृत भएको सबैभन्दा लामो अवधिसम्म लाभांश वितरण गर्न नसक्ने कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैंक छ।

२०६३ पुसमा नेप्सेमा सूचीकृत भएको बैंकले सेयरधनीलाई अहिलेसम्म प्रतिफल दिएको छैन। बैंकको सेयर मूल्य भने उच्च छ।

बैंकको सेयर कात्तिक २० गते प्रति कित्ता ६६३ रुपैयाँमा किनबेच भएको थियो। सेयरधनीलाई कुनै प्रतिफल नदिएको यो कम्पनीको सेयर भाउ पछिल्लो एक वर्षमा प्रति कित्ता १८३५ रुपैयाँसम्म पुगेको थियो।

सेयरधनीलाई मुनाफा वितरण गर्न नसक्ने कम्पनीको सूचीमा विकास बैंक, होटल तथा पर्यटन, इन्स्योरेन्स र उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी पनि छन्।

कम्पनीले लगानीकर्तालाई प्रतिफल वितरण गर्नका लागि मुनाफा आर्जन गर्नुपर्ने हुन्छ। लामो समयसम्म आफ्नो आर्थिक स्थितिमा सुधार हुन नसक्नु, कर्पोरेट सुशासन कमजोर हुनु जस्ता कारणले कम्पनीहरुले सेयरधनीलाई प्रतिफल वितरण गर्न नसकेका हुन्।

जलविद्युत कम्पनीले निर्माणाधीन चरणमै आइपीओ निष्कासन गर्ने भएकाले लामो अवधिसम्म नाफा कमाएको रकम बैंकको ब्याज र साँवा भुक्तानीमा खर्च हुने गरेको छ। जसका कारण उनीहरुले सेयरधनीलाई प्रतिफल दिन सक्दैनन्।

सेयरधनीलाई लाभांश दिन नसकेका कम्पनीको सेयर मूल्य भने बजारमा उच्च छ। साधारण सेयर बजारमा थोरै कित्ता हुँदा इन्स्योरेन्स कम्पनी, विकास बैंक, फाइनान्सको मूल्य चलखेल गरेर बढाउने गरिएको छ। गत वर्ष कृतिम माग सिर्जना गरी इन्योरेन्स कम्पनीको सेयर मूल्य बढाइएको नेपाल धितोपत्र बोर्ड (सेबोन)कै अनुसन्धानमा देखिएको थियो।

दुई वर्षअघि केही विकास बैंक र फाइनान्स कम्पनीको उच्च माग सिर्जना गरेर त्यसैगरी मूल्य बढाइएको थियो। हाइड्रोपावरमा समेत मूल्य उचाल्ने ट्रेन्ड छ।

लगानीकर्तालाई हालसम्म प्रतिफल वितरण गर्न नसकेका कम्पनी

कम्पनीसूचीकृत मिति१ वर्षको उच्च सेयर मूल्य१ वर्षको न्यून सेयर मूल्य२०८३ कात्तिक २० गतेको सेयर मूल्य
नारायणी डेभलपमेन्ट बैंक२०६३ पुस २६१८३५६६२६६३
कर्पोरेट डेभलपमेन्ट बैंक२०६८ असार १९३१८३७२५७६२
सिन्धु विकास बैंक२०७० भदौ २३९१९३२९४०६
सप्तकोशी डेभलपमेन्ट बैंक२०७६ असोज १२१०६५५२१५६४
सालपा विकास बैंक२०८२ फागुन १२०००३००७९५
सिटी होटल२०८० जेठ २५५७७३१४३२१
बन्दीपुर केबलकार२०८२ कात्तिक २४१२३३२८५५५३
होटल फरेस्ट इन२०८२ फागुन २७१४५०१०१५१४
सोनापुर मिनरल्स आयल२०८० कात्तिक २५१०३८०४६७
‌ओम मेगाश्री फर्मास्युटिकल्स२०८२ वैशाख १७१५७५७८१७९९
सागर डिष्टिलरी२०८२ कात्तिक २०२४३९३१९१५०५
श्रीनगर एग्रिटेक२०८२ मंसिर ५१६९०३०१९०२
एसवाई प्यानल२०८२ मंसिर २३२२५५३१९१२७५
पाल्पा सिमेन्ट२०८२ चैत २६१२८०३००६०६
सोपान फर्मास्युटिकल्स२०८२ जेठ २२५१०३८०४६७
एभरेष्ट कलर२०८३ असार ३२१९८०२९६१२७४
नेपाल रिपब्लिक मिडिया२०८० साउन १८४७०२७०३००
नेपाल वेयर हाउजिङ कम्पनी२०८० पुस ५१०४५५०२५१३
पियोर इनर्जी२०८२ जेठ १२१२६२६६२७४०
ट्रेड टावर२०८२ असार ३१११७३६१७६१७
झापा इनर्जी२०८२ कात्तिक २८१९२९२९३९०७
गार्डियन माइक्रो लाइफ२०८१ माघ २४१९८८८७५८८६
क्रेस्ट माइक्रो लाइफ२०८१ चैत २७१५८८१०१७११९२
नेपाल माइक्रो इन्स्योरेन्स२०८१ चैत २११५२५७६३७७५
ग्रामिण विकास लघुवित्त२०७२ मंसिर ७८६८६१०६४१
मानुषी लघुवित्त२०७८ असोज १०१६६६९४९९४८
अभियान लघुवित्त२०७९ असोज ७१३६६९०६१०२०
सिर्जनशील लघुवित्त२०७९ मंसिर २७१९५२११९०१२९३
स्वस्तिक लघुवित्त२०८२ कात्तिक २४३४००३९११६७०
खानीखोला हाइड्रोपावर२०७३ पुस २७३६२२०८२६५
दिव्यश्वरी हाइड्रोपावर२०७३ फागुन २३४५२५४२६९
हिमालयन पावर पार्टनर२०७४ साउन २७५५७३४०४१४
पञ्चकन्या माई हाइड्रोपावर२०७५ अज २४४२८२८९३०९
आँखु खोला जलविद्युत कम्पनी२०७५ पुस २४६११८०३४३
जोशी हाइड्रोपावर डेभलपमेन्ट२०७५ पुस २२३८८२४५२५८
अपर तामाकोशी२०७५ पुस २७२४२१७०१९४
घलेम्दी हाइड्रोपावर२०७५ फागुन ३३४३२०५३२३
माउन्टेन हाइड्रो नेपाल२०७५ चैत २८३२४२२३२६५
हिमालयन ऊर्जा विकास कम्पनी२०७६ जेठ ७३१२२१५२६२
युनियन हाइड्रो२०७६ जेठ २८५७१३३७३५७
रसुवागढी हाइड्रो२०७६ साउन २०३२५१५६१६८
सान्जेन जलविद्युत२०७६ साउन २०३६५२१४२४६
हिमाल दोलखा हाइड्रोपावर२०७६ फागुन १२२७५१६९२१४
लिबर्टी इनर्जी कम्पनी२०७७ असोज २२७६१९०२३१
शिवश्री हाइड्रोपावर२०७७ कात्तिक ६२५११५१२०६
ग्रिनलाइफ हाइड्रोपावर२०७७ चैत २३२८२३७२६३
तेह्रथुम पावर२०७८ कात्तिक १२४५०३०८३७८
सामलिङ पावर२०७८ मंसिर ८५७७३६१३९८
ङादी हाइड्रोपावर२०७८ मंसिर ८४८२३३०३४०
मध्यभोटेकोशी जलविद्युत कम्पनी२०७८ पुस ९३४२२४८३२९
बुद्धभूमि नेपाल२०७८ माघ २६१३२४७२७४
बलेफी हाइड्रोपावर२०७९ जेठ १०२६४१७२२२५
रिभर फल्स पावर२०७९ असार १४६४३१५३७५
दोर्दी खोला जलविद्युत२०७९ असार २९३२७२३२२७३
हिमालयन हाइड्रोपावर२०७९ साउन २०४१६३०९३५१
स्वेतगंगा हाइड्रोपावर२०७९ साउन ३१४८७२८०३३२
अपर सोलु हाइड्रोपावर२०७९ साउन ३१५३९४५०५१७
राप्ति हाइड्रो२०७९ भदौ १४३५३२३७२५६
सयपत्री हाइड्रोपावर२०७९ असोज २७७०८४७४५१०
पिपुल्स पावर२०७९ असोज २७४२५२८०३१८
इस्टर्न हाइड्रोपावर२०७९ मंसिर २७४७४२९५३२५
पिपुल्स हाइड्रोपावर२०७९ मंसिर २७३९३२४९३५४
बराही हाइड्रोपावर पब्लिक२०७९ पुस १८६८९४००४२९
शुभम पावर२०७९ फागुन १९९६३५४३५७६
माया खोला हाइड्रोपावर२०७९ चैत ६४१४२३२२७०
एसियन हाइड्रोपावर२०७९ चैत ८६५२३४३३८०
मोलुङ हाइड्रोपावर२०७९ चैत २९४२६२६१२८३
माई खोला हाइड्रोपावर२०८० जेठ १९१५४५७५१५
दोल्ती पावर कम्पनी२०८० जेठ १४५९६२७५३०८
भूगोल इनर्जी डेभलपमेन्ट२०८० जेठ २४७१६२७०२९५
इङ्वा हाइड्रोपावर२०८० असार ४६३८३११२३१७
मोदी इनर्जी२०८० असार २९३२८१९५२११
रवा इनर्जी२०८० असार १९८५१३७९४०७
अपर स्याङे हाइड्रोपावर२०८० साउन २५९४५४६८५०५
थ्रिस्टार हाइड्रोपावर२०८० साउन २५९००३०८३३८
मनकामना इन्जिनियरिङ हाइड्रोपावर२०८० असोज ७५१९२२०२४२
अपर लोहोरे खोला२०८० असोज ७५९९२६०३२०
माथिल्लो मैलुङ खोला जलविद्युत२०८० कात्तिक २३६६७३०९३८९
त्रिशुली जलविद्युत कम्पनी२०८० मंसिर १२६८९२६२२८७
चिर्ख्वा हाइड्रोपावर२०८० पुस ४८०४४२३४३८
हिमस्टार ऊर्जा कम्पनी२०८२ भदौ १२१२६४५८५५९५
माबिलुङ इनर्जी२०८२ कात्तिक १७९२७३९१५०२
दरम खोला हाइड्रो इनर्जी२०८२ कात्तिक १९९१८४०२५०८
बुंगल हाइड्रो२०८२ कात्तिक २३८९५३०२४५८
सोलु हाइड्रोपावर२०८२ फागुन २८८७५३००६२८
भुजुङ हाइड्रोपावर२०८२ चैत ५१३०५२७०५४५
सुपर खुदी हाइड्रोपावर२०८२ चैत १०१३६०३००६९४
सूर्यकुण्ड हाइड्रो२०८२ चैत ११२०६९२८४७६४
शिखर पावर२०८२ चैत २६१२१६२८४४९८
कालिञ्चोक हाइड्रोपावर२०८३ जेठ ८१३२४३००६२१
एपोलो हाइड्रोपावर२०८३ जेठ २५१०५३२९९५६४
याम्बलिङ हाइड्रोपावर२०८३ असार ५७९७३००४४१
टक्सा पिर्खुवा खोला२०८३ असार ५७७२३००४२६
सानिगाढ हाइड्रो२०८३ असार १७५८७२९९४७३
कालंगा हाइड्रो२०८३ असार १७६१३२९५४२९
माउन्ट एभरेष्ट पावर२०८३ साउन २६८५५३००५६८
बेनी हाइड्रोपावर२०८३ असोज २७८२६२७३८४०
स्रोत : नेपाल स्टक एक्सचेन्ज

कम्पनीले पर्फम गर्न नसकेपछि हकप्रद सेयर निष्कासन गर्ने गरेका छन्। हकप्रद सेयर निष्कासनको सूचनापछि कम्पनीको सेयर मूल्य एकाएक उचाल्ने गरिएको छ। त्यही भएर प्रतिफल नहुँदा पनि कम्पनीको सेयर भाउ उच्च देखिएको हो।

हकप्रद सेयर कम्पनीलाई पुँजी जुटाउने माध्यम हो। हकप्रद सेयर निष्कासन गर्दा बजारमा कम्पनीको सेयर आपूर्ति बढ्छ। पुँजी बढ्दा कम्पनीले सेयरधनीलाई प्रतिफल दिन बढी नाफा कमाउनुपर्ने हुन्छ।