BIZMANDU
www.bizmandu.com

एनपीएलमा आजबाट हरेक नतिजाको प्लेअफ होडमा सिधा प्रभाव, आज दुई खेल

२०८३ कात्तिक २६

एनपीएलमा आजबाट हरेक नतिजाको प्लेअफ होडमा सिधा प्रभाव, आज दुई खेल
एनपीएलमा आजबाट हरेक नतिजाको प्लेअफ होडमा सिधा प्रभाव, आज दुई खेल


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई वटा खेल हुँदैछन्। आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्।

GBIME
Tata

लिग चरण टुंगिँदै जाँदा आजबाट हरेक खेलले प्लेअफको समीकरणमा प्रत्यक्ष प्रभाव पार्नेछन्। हाल प्लेअफ पुग्न काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स सबैभन्दा कम्फर्टेबल स्थितिमा छन्। काठमाडौं र सुदूरपश्चिमको समान ८ अंक छ भने लुम्बिनीको ७ अंक छ।

लुम्बिनीका कप्तान रोहित पौडेल। फाइल फोटो

यसपछि भने सबै टिमहरु सहज स्थितिमा छैनन्। चौथो स्थानको चितवन बाँकीका आफ्ना दुई खेल जिते प्लेअफमा स्थान पक्का गर्न सक्छ। त्यसपछि पाँचौँ, छैटौं र सातौँ स्थानमा जनकपुर, विराटनगर र कर्णाली आफ्ना बाँकी खेल जितेर पनि अन्य टोलीको नतिजामा निर्भर हुनुपर्ने स्थितिमा छन्। पोखरा आधिकारिक रुपमा नबाहिरिए पनि उसको प्लेअफ पुग्ने समीकरण एकदमै कमजोर छ।

आज एनपीएलमा दुई खेल हुँदैछन्।

विराटनगर किंग्स भर्सेस पोखरा एभेन्जर्स

आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। पोखरा यसपालाको सिजनमा सबैभन्दा खराव प्रदर्शन गर्ने टोलीमा रह्यो। उसले लगातार चार हार पछि बल्ल एउटा जित निकालेको छ। विराटनगरले पाँच खेल खेल्दा दुईमात्रै खेल जितेको छ। पोखराको बाँकी दुबै खेल जितेर पनि प्लेअफ पुग्ने सम्भावना अत्यन्तै न्यून हुँदा विराटनगरले पनि आजको हार अफोर्ड गर्दैन।

पोखराका युवराज साम्राको शतक

पोखराको पछिल्लो खेलमा युवराज साम्रा र कुशल भुर्तेलले सानदार प्रदर्शन गर्दै टोलीलाई पहिलो जित दिलाएका थिए। त्यही प्रदर्शन दोहोर्‍याउने अपेक्षामा पोखरा हुनेछ।

अर्कोतर्फ विराटनगरले रसेललाई याद गर्नेछ। यसअघिका विराटनगरका जितमा रसेल महत्त्वपूर्ण बन्दै आएका थिए। अब, विराटनगरका ओपनर लोकेश बम र कप्तान सन्दीप लामिछानेमाथि ठूलो जिम्मेवारी हुनेछ।

लुम्बिनी र कर्णाली

साविक विजेता लुम्बिनी लायन्सले ५ खेलबाट ७ अंक बनाउँदै सहज स्थितिमा छ। उसले आज कर्णाली याक्ससँग भिड्दैछ। लुम्बिनीको टीम सेटअप राम्रो भइरहेको छ। रोहित पौडेल, सन्दीप जोरा,शेर मल्ल जस्ता नेपाली खेलाडी र डार्सी सर्ट, निरोशन डिक्वेलाजस्ता विदेशी खेलाडीले लुम्बिनीलाई सन्तुलित बनाउँछन्।

आजको खेलमा जित निकाले लुम्बिनीको प्लेअफ यात्रा पक्का हुनेछ।

पोखरा र कर्णालीको खेल। फाइल फोटो

अर्कोतर्फ सुरुवाती दुई खेलमा जित निकालेको कर्णाली त्यसपछिका तीन खेलमा हार ब्यहोर्दै अप्ठ्यारो स्थितिमा छ।

डेभिड मिलर, अरिफुल इस्लामजस्ता प्रभावशाली विदेशी ब्याटरको साथमा सोमपाल कामी, गुल्सन झा, नन्दन यादवजस्ता प्रिमियम नेपाली खेलाडी भएर पनि कर्णालको नतिजा अनुकूल छैन। प्लेअफको सम्भावना बलियो बनाउन उसलाई जितको विकल्प छैन।