काठमाडौं। दुई दिनको स्थिरतापछि बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ। सँगै युरोपियन युरो र पाउण्ड स्टर्लिङ पनि घटेका छन्। यसअघि डलर स्थिर रहँदा युरो र पाउण्डको मूल्यमा बढोत्तरी थियो।
सुनको कारोबार मूल्यमा गिरावट छ। खाडी क्षेत्रका मुलुकहरुको मुद्राको भाउ पनि स्थिर छ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलरको खरिद दर १४९ रुपैयाँ ६१ पैसा र बिक्री दर १५० रुपैयाँ ६१ पैसा भएको छ। यसअघि खरिद दर १४९ रुपैयाँ ९९ पैसा र बिक्री दर १५० रुपैयाँ ५९ पैसा थियो, जुन मंगलबार र बुधबार कायम थियो। त्यसअघि सोमबार खरिद दर १४९ रुपैयाँ ९६ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा थियो।
अन्तर्राष्ट्रिय बजारमा २४ घण्टामा सुनको मूल्य २३.५६ डलरले घट्दै प्रति औंस ३९९९.३२ डलर भएको छ। चाँदी भने ०.५४ डलरको झिनो बढोत्तरीसँगै प्रति औंस ५१.७६ डलरले कारोबार भइरहेको छ।
युरोपियन युरोको खरिद दर १६६ रुपैयाँ ६४ पैसा र बिक्री दर १६७ रुपैयाँ ३० पैसा भएको छ। बुधबार खरिद दर १६८ रुपैयाँ ४१ पैसा र बिक्री दर १६९ रुपैयाँ ८ पैसा थियो। त्यसअघि मंगलबार खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ५६ पैसा थियो।
पाउण्ड स्टर्लिङको खरिद दर पनि घटेर १९९ रुपैयाँ ३६ पैसा र बिक्री दर २०० रुपैयाँ १६ पैसा भएको छ। बुधबार खरिद दर २०१ रुपैयाँ ४१ पैसा र बिक्री दर २०२ रुपैयाँ २२ पैसा भएको थियो। त्यसअघि मंगलबार खरिद दर २०१ रुपैयाँ २६ पैसा र बिक्री दर २०२ रुपैयाँ ७ पैसा थियो।
स्वीस फ्रयांकको खरिद दर १८० रुपैयाँ ६१ पैसा र बिक्री दर १८१ रुपैयाँ ३४ पैसा थियो। बुधबार खरिद दर १८२ रुपैयाँ ७८ पैसा र बिक्री दर १८३ रुपैयाँ ५१ पैसा भएको थियो।
बिहीबार दक्षिण कोरियाली वोनको मूल्यमा झिनो बढोत्तरी छ। १०० वोनको खरिद दर ११ रुपैयाँ २३ पैसा र बिक्री दर ११ रुपैयाँ २७ पैसा भएको छ। बुधबार खरिद दर ११ रुपैयाँ २२ पैसा र बिक्री दर ११ रुपैयाँ २६ पैसा थियो।
साउदी रियाल, कतारी रियाल, ओमानी रियाल, बहरेन दिनार, कुवेती दिनार, यूएई दिराम लगायतको विनिमय दर पनि घटेको छ।
यस्तो छ आजको विनिमय दर
| मुद्रा | एकाइ | खरिद दर | बिक्री दर |
| भारतीय रुपैयाँ | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर | १ | १४९.६१ | १५०.२१ |
| युरोपियन युरो | १ | १६६.६४ | १६७.३० |
| पाउण्ड स्टर्लिङ | १ | १९९.३६ | २००.१६ |
| स्वीस फ्रयांक | १ | १८०.६१ | १८१.३४ |
| अष्ट्रेलियन डलर | १ | १०२.७४ | १०३.१५ |
| क्यानेडियन डलर | १ | १०५.२२ | १०५.६४ |
| सिंगापुर डलर | १ | ११६.६८ | ११७.१५ |
| जापानी येन | १० | ९.४१ | ९.४५ |
| चिनियाँ युआन | १ | २२.४३ | २२.५२ |
| साउदी रियाल | १ | ३९.८६ | ४०.०२ |
| कतारी रियाल | १ | ४१.०५ | ४१.२१ |
| थाइ भाट | १ | ४.४५ | ४.४६ |
| यूएई दिराम | १ | ४०.७३ | ४०.९० |
| मलेसियन रिंगिट | १ | ३६.७३ | ३६.८७ |
| साउथ कोरियन वोन | १०० | ११.२३ | ११.२७ |
| स्वीडिश क्रोनर | १ | १५.०८ | १५.१४ |
| डेनिश क्रोनर | १ | २२.२९ | २२.३८ |
| हङकङ डलर | १ | १९.०७ | १९.१५ |
| कुवेती दिनार | १ | ४८५.३५ | ४८७.३० |
| बहरेन दिनार | १ | ३९६.६९ | ३९८.२८ |
| ओमानी रियाल | १ | ३८८.५८ | ३९०.१४ |