काठमाडौं। काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल)को शीर्षस्थानमा उक्लिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को आज सम्पन्न दोस्रो खेलमा चितवनलाई १० रनले हराउँदै काठमाडौं शीर्षमा उक्लिएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदे १८० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवन ७ विकेट गुमाएर १७० रनमा समेटियो।

चितवनका लागि रवि बोपाराले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५५ रन तथा कामिल मिश्राले २८, अर्जुन साउदले २३ तथा डान मौस्लेले २९ रनको योगदान दिए पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्।
चितवनलाई रोक्न काठमाडौंका शेहान अराचिगेले २ विकेट लिँदा करण केसी, जहानदाद खान, सन्तोष यादव र गणेश सुवेदीले समान १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पहिलो विकेटका रुपमा आफ्ना ‘प्रिमियम’ ब्याटर डेभिड वार्नरलाई गुमायो। उनले ६ बलमा १ रन बनाएर कमलसिंह ऐरीको बलमा बोल्डआउट हुन पुगे। अर्का ओपनर साहिल पटेल पनि ८ रनमै आउट हुँदा त्यसपछिका ब्याटरले इनिङ्स सम्हाले।

काठमाडौका लागि राशिद खानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५२ रन बनाउँदा साहान अरागिचेल ३३, विल बोसिस्टोले २७ तथा कप्तान करण केसीले २० रन बनाए।

बलिङमा चितवनका रिजन ढकालले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र सिकन्दर राजाले समान २ विकेट लिए। डान मौस्लेले १ विकेट लिए।

योसँगै काठमाडौं ५ खेलबाट ८ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ। पाँच अंक बनाएको चितवन चौथो स्थानमा यथावत छ। यो नतिजाले पोखरा एभेन्जर्सको प्लेअफको सम्भावनालाई अझ न्युन बनाइदिएको छ। पोखराले आजको पहिलो खेलमा कर्णालीलाई हराएको थियो। तर, ५ खेलबाट २ अंकमात्र उसको खातामा भएकाले उसलाई समीकरणमा अझै कमजोर बनाएको छ।