काठमाडौं। काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले पहिलो विकेटका रुपमा आफ्ना ‘प्रिमियम’ ब्याटर डेभिड वार्नरलाई गुमायो। उनले ६ बलमा १ रन बनाएर कमलसिंह ऐरीको बलमा बोल्डआउट हुन पुगे। अर्का ओपनर साहिल पटेल पनि ८ रनमै आउट हुँदा त्यसपछिका ब्याटरले इनिङ्स सम्हाले।

काठमाडौका लागि राशिद खानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५२ रन बनाउँदा साहान अरागिचेल ३३, विल बोसिस्टोले २७ तथा कप्तान करण केसीले २० रन बनाए।

बलिङमा चितवनका रिजन ढकालले सर्वाधिक ३ विकेट लिँदा कमलसिंह ऐरी र सिकन्दर राजाले समान २ विकेट लिए। डान मौस्लेले १ विकेट लिए।

चितवन जवाफी ब्याटिङमा उत्रिँदै छ।