काठमाडौं। मुक्तिनाथ विकास बैंकले विशेषगरी साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘एसएमई महोत्सव’ योजना सञ्चालनमा ल्याएको छ।
बैंकले लक्ष्मीपूजाको अवसर पारेर आइतबार यो योजना ल्याएको हो। यो योजना आगामी पुस मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ।
‘एसएमई महोत्सव’अन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई आधार दरमै बर्जा उपलब्ध गराउनेछ। यस योजनामार्फत व्यवसायीलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराइ उनीहरूको व्यवसाय विस्तारका लागि थप अवसर सिर्जना गर्ने उद्देश्य रहेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।