काठमाडौं। लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर काठमाडौंलाई ब्याटिङको निम्ता दिएका हुन्।
जारी संस्करणमा ४ खेलबाट ७ अंक बनाएको लुम्बिनी एकमात्र अपराजित टोली हो भने काठमाडौंले ३ खेलबाट ४ अंक बनाएको छ। शीर्षस्थानको लुम्बिनी आजको खेल जितेर आफूलाई अझ बलियो स्थितिमा पुर्याउने लक्ष्यमा रहनेछ भने काठमाडौं ६ अंक बनाएर दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ।
आज लुम्बिनीले समीम हुसैनको स्थानमा ग्रान्ट स्टेवार्टलाई स्थान दिएको छ भने किसोर महतोको स्थानमा अभिषेश गौतम छन्।
त्यस्तै, काठमाडौंमा आदिल अन्सारी देव शाहको स्थानमा टोलीमा फर्किएका छन्।
लुम्बिनी लायन्स प्लेइङ ११
रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, तिलकराज भण्डारी, अभिषेश गौतम, आशिफ शेख, दीलिप नाथ, शेर मल्ल, रुबेन ट्रम्पलमेन, निरोसन डिक्वेला, डार्सी सर्ट, ग्रान्ट स्टेवार्ट, समीम हुसैन
काठमाडौंको प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, साहिल पटेल, शहाब अलाम, सन्तोष यादव, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर