काठमाडौं। नेपाली मौलिक परिकार सेलरोटीको संरक्षण, प्रवर्धन तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्यले दोस्रो सेलरोटी बनाउने प्रतियोगिता आयोजना गरिएको छ।
हिमालयन कम्युनिटी प्रोजेक्ट नेपाल र ट्रिनिटी इभेन्ट्स एन्ड मिडिया प्रालिको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो।

प्रतियोगिता शनिबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको थियो। नेपाल पर्यटन बोर्डको प्राङ्गणमा प्रतियोगिता आयोजना भएको थियो।


प्रतियोगितामा सहभागीहरूले आफ्नो पाककला तथा मौलिक सीप प्रस्तुत गर्ने अवसर पाएका छन्। यसबाट नेपाली संस्कृति र परम्पराको प्रवर्धनमा योगदान पुगेको आयोजकले जनाएको छ।

