नेपालगञ्ज। एमएडब्लु अर्थमुभर्सले नेपालगञ्जमा नयाँ जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ। पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै कम्पनीले आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरेको हो।
नेपालगञ्जमा आयोजित ‘पार्टनर इन प्रोग्रेस’ कार्यक्रममा नयाँ जेसीबी एग्रिम्याक्स सार्वजनिक गरिएको हो। कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, बाँके अध्यक्ष लीलाराज उपाध्याय, बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लु अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रिम्याक्सको अनावरण गरेका थिए।
जेसीबी एग्रिम्याक्स विभिन्न प्रकारका सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि तयार गरिएको कम्पनीले जनाएको छ। यसमा आवश्यकताअनुसार प्रयोग गर्न सकिने विभिन्न एट्याचमेन्ट जडान गर्न सकिन्छ। बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प यसका प्रमुख विशेषता हुन्।
यो मेसिन कृषि क्षेत्रका साथै प्लाइवुड उद्योगमा पनि उपयोगी छ। आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा, गिट्टी र बालुवा डिपोमा समेत यसको प्रयोग गर्न सकिन्छ।
उखु तथा कोइला उद्योग र प्लान्ट एन्ड हायर व्यवसायका लागि पनि यो प्रभावकारी विकल्प बन्न सक्ने कम्पनीले बताएको छ।
कार्यक्रममा जेसीबीका अन्य लोकप्रिय उत्पादनसमेत प्रदर्शन गरिएको थियो। जेसीबी ३डीएक्स सुपर, जेसीबी २२५ एससीएम एक्साभेटर र जेसीबी जेनसेट प्रदर्शनीमा राखिएका थिए।
कार्यक्रममा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकलाई मेसिनको साँचो हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा सुवेदीले जेसीबी एग्रिम्याक्सको आगमनले पश्चिम नेपालका विभिन्न व्यवसायलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।
उनले भने, ‘जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेर हामीले पश्चिम नेपालका विभिन्न व्यवसायका लागि बहुउपयोगी र प्रभावकारी समाधान उपलब्ध गराउने प्रयास गरेका छौँ। हाम्रो विविध उत्पादन पोर्टफोलियो र आज १० वटा मेसिन हस्तान्तरण हुनुले ग्राहकले जेसीबी प्रति देखाउनुभएको विश्वासलाई दर्शाउँछ।’
उनले भरपर्दो उत्पादन, गुणस्तरीय सेवा र निरन्तर सहयोगमार्फत ग्राहकसँगको सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। ग्राहकको व्यावसायिक प्रगतिमा सधैँ साथ दिने कम्पनीको लक्ष्य रहेको उनको भनाइ थियो।