BIZMANDU
www.bizmandu.com

धुरन्धर ब्याटर मिलरलाई समेट्दै मैदान उत्रिएको कर्णालीसामू सुदुरपश्चिमको १७७ रनको लक्ष्य  

२०८३ कात्तिक २०

धुरन्धर ब्याटर मिलरलाई समेट्दै मैदान उत्रिएको कर्णालीसामू सुदुरपश्चिमको १७७ रनको लक्ष्य    
धुरन्धर ब्याटर मिलरलाई समेट्दै मैदान उत्रिएको कर्णालीसामू सुदुरपश्चिमको १७७ रनको लक्ष्य  


काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामू १७७ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

GBIME
Tata
कर्णालीको विकेट सेलिब्रेसन

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सैफ जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। भण्डारी २७ रन बनाएर रन आउट हुँदा जैबले सर्वाधिक ३५ रन बनाए। त्यस्तै, ब्राण्डन म्याकमुलनले २४, इशान पाण्डेले २३ तथा थारिन्दु रत्नाइकेले अविजित २२ रन बनाए।

ब्याटिङमा सुदूरपश्चिम।

बलिङमा कर्णालीका मार्क वाटले २ विकेट लिँदा नन्दन यादव, हुसैन तलत र सूर्य तामाङले समान १ विकेट लिए।

विकेट सेलिब्रेट गर्दै कर्णालीका खेलाडी

कर्णाली जवाफी ब्याटिङमा उत्रिँदैछ। उसले आज दक्षिण अफ्रीकी धुरन्धर ब्याटर डेभिड मिलरलाई मैदान उतारेको छ।