BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ

२०८३ कात्तिक २०

ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ
ग्लोबल आइएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु, १२ तले भवन यस्तो हुनेछ


काठमाडौं। ग्लोबल आइएमई बैंकले उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन बनाउने भएको छ।

GBIME
Tata

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार भवन निर्माणका लागि भूमिपूजा गरेका छन्।

करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना हुने बैंकले जनाएको छ। अध्यक्ष ढकालका अनुसार भवन निर्माणमा नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिइनेछ। यस्तै जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधि प्रयोग गरिने ढकालले जानकारी दिए।

उनले भवनमा वर्षाको पानी पुनः प्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणाली हुने बताए। उनका अनुसार भवनमा दुई तहको फराकिलो भूमिगत पार्किङ हुनेछ।