काठमाडौं। आशुतोष इनर्जीले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई आइपीओ निष्कासन अनुमति दिएको हो।
सेबोनबाट अनुमति पाएसँगै आशुतोष इनर्जीले अब चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्कासन गर्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।