पाराग्वेको प्रमुख डिजिटल बैंक ‘उएनो बैंक’ को ‘कोल्याप्स’ भएपछि राष्ट्रपति सान्टियागो पेन्याले बिहीबार पदबाट राजीनामा दिएका छन्।
उएनो बैंक वित्तीय संकटमा फसेसँगै त्यहाँको केन्द्रीय बैंकले त्यसलाई नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि राजधानी असनसनमा विरोध प्रदर्शन सुरु भएको थियो। संसद्मा पेन्यामाथि महाभियोग प्रस्तावमाथि छलफल भइरहँदा उनले सामाजिक सञ्जाल ‘एक्स’ मा भिडियो सन्देश जारी गर्दै राजीनामाको घोषणा गरेका हुन्।
उनले संकटका लागि जनतासँग क्षमायाचना गर्दै बचतकर्ताको रकम फिर्ता गराउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले आफूले जनतालाई धोका नदिएको पनि बताएका छन्।
विवादको मुख्य कारण उएनो बैंकसँग राष्ट्रपतिको निकट सम्बन्धलाई मानिएको छ।
पेन्या विगतमा उक्त बैंकको होल्डिङ कम्पनीका लगानीकर्ता थिए। साथै, उनले उएनो बैंकका पूर्व अध्यक्ष कार्लोस कार्भालियोलाई नै नियमनकारी निकाय ‘केन्द्रीय बैंक’को प्रमुख नियुक्त गरेका थिए।देशको ६० प्रतिशतभन्दा बढी वयस्क जनसङ्ख्या यो बैंकमा ग्राहक रहेको बतापएको छ ।
यस बैंकमा सरकारी पेन्सन, स्वास्थ्य कोष र जलविद्युत् आयोजनाको गरी करिब ८० करोड अमेरिकी डलर (सवा १ खर्ब बराबरको) सार्वजनिक रकम जोखिममा परेको जनाइएको छ।