काठमाडौं। काठमाडौं गोर्खाजले टस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्ता दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
विराटनगरले चार खेल खेल्दा दुईवटामा हार तथा दुईवटा जितसहित ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ भने काठमाडौं २ खेल खेल्दा एउटा जित र अर्को हारसहित तालिकाको सातौँ स्थानमा छ।
विराटनगरले टोलीमा कुनै परिवर्तन गरेको छैन। काठमाडौंले भने टोलीमा तीन परिवर्तन गरेको छ। अघिल्लो खेल खेलेका स्मित पटेल, आदिल अन्सारी र रिपोन मण्डल हट्दा साहिल पटेल, विल बोसिस्टो र शेहान अरागिचेले टोलीमा स्थान बनाएका छन्।
विराटनगरको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, बसीर अहमद, नारायण जोशी, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, शेहान जयसूर्या, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रञ्जनी
काठमाडौंको प्लेइङ ११
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, साहिल पटेल, शहाब अलाम, सन्तोष यादव, देव शाह, स्मित पटेल, जहानदाद खान, विल बोसिस्टो, शेहान अरागिचे र डेभिड वार्नर