काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।
बालेनले बिहीबार अपराह्न प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्तिसुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।
बालेनले देशको सुरक्षालाई थप सुदृढ पार्नका लागि सेना, प्रहरी र सशस्त्रबीचको समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति सुरक्षाको व्यवस्थालाई थप चुस्त बनाउन निर्देशन दिए।