BIZMANDU
www.bizmandu.com

एनपीएलको सट्टेबाजी गरिरहेको आरोपमा एक युवक पक्राउ, ९० लाखको बेटिङ गरेको खुल्यो

२०८३ कात्तिक १९

एनपीएलको सट्टेबाजी गरिरहेको आरोपमा एक युवक पक्राउ, ९० लाखको बेटिङ गरेको खुल्यो
एनपीएलको सट्टेबाजी गरिरहेको आरोपमा एक युवक पक्राउ, ९० लाखको बेटिङ गरेको खुल्यो


काठमाडौं। क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण जारी रहँदा त्यसको सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्।

GBIME
Tata

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारतको बिहारको भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हा रहेको प्रहरीले जनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएल २०२६ मा केही व्यक्तिहरूले अनलाइनमार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ।